
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा ‘सरप्राइज’हरू हुने भन्दै नेपाल क्रिकेट संघका सचिव पारस खड्काले प्रतीक्षा गर्न आग्रह गरेका छन् । पारसले अब केही दिनमा एनपीएल अक्सनको मिति सार्वजनिक हुने र प्रतियोगिताको तालिका पनि छिट्टै सार्वजनिक हुन उल्लेख गरे । पारसको अनुसार दोस्रो संस्करण फ्लडलाइटमा रातको समयमा खेलाइने सम्भावना रहेको र सेड्यूल छिट्टै सार्वजनिक हुनेछ । पारसले महिला क्रिकेटलाई प्राथमिकतामा राखेको विषय पनि जोडेका थिए । उनले महिला क्रिकेटलाई २०२५ मा टप प्रायोरिटी राखिएको बताए । साथै दोस्रो संस्करणमा थप उत्साहजनक विषयहरू समावेश भएको बताउदै उनले क्यान सचिवमा निर्वाचित हुनुभन्दा अघि र पछिका स्मरणीय कुराहरू पनि उल्लेख गरेका छन् भने नेपाली क्रिकेटले हासिल गरेको सफलता र हालको अवस्थाबारे चर्चा गरेका छन् । उनले नेपाल टी–२० विश्वकपका लागि छनोट हुने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया