
याक्थुङ फिल्म्स् प्रा लि कम्पनीद्वारा निर्मित चलचित्र चे हङकङ, कोरीया लगायत देशहरुमा प्रदर्शन हुँदैछ । १७ अगष्ट २०२५, यमताई कम्युनिटी हल, हङकङमा साँझ ६ बजे प्रदर्शन हुनेछ भने ६ अक्टोबर २०२५ मा सौल, दक्षिण कोरीयामा प्रदर्शन हुने भएको छ । त्यस्तै २७ नोभेम्बर २०२५मा साउदी अरबियाको दमाममा प्रदर्शन हुने काठमाण्डौंमा यसै साता आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रले विभिन्न महोत्सवहरुमा अवार्ड र पुरस्कारहरु प्राप्त गरिसकेको छ । चे याक्थुङ सिने अवार्ड २०८१, एफ.एल.ए अवार्ड २०२४, पाँचौं आदिवासी जनजाती चलचित्र महोत्सव २०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१, विशेष चलचित्र पुरस्कार २०८१, एन.आई.एफ.ए अवार्ड यू.के २०२५ लगायतमा पुरस्कृत तथा अवार्डडेड भएको छ । उक्त चलचिले लिम्बु समुदायहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथाको चित्रण गरेको छ ।
प्रतिक्रिया