गोसाइकुण्डमा डुबेर दाजुभाईको निधनः अन्तिम क्षणसम्म एकअर्काको हात समात्दै त्यागे ज्यान

आइतवार गोसाइकुण्डमा एक हृदयविदारक घटना घटेको छ, जहाँ घुम्न गएका दुई दाजुभाइले सँगै जीवन गुमाए । २८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकाल (मामा–फुपुका छोरा) आइतवार बिहान गोसाइकुण्ड घुम्न गएका थिए । दुवैजनाले कुण्डमा पुगेपछि रमाइलो गरिरहेका थिए । त्यही क्रममा दाजु सुजन अचानक चिप्लिएर कुण्डमा डुब्छन् र दाजु डुबिरहेको देखेपछि भाइ मनोज पनि आत्तिएर उनलाई बचाउन हामफाल्छन् । तर दुर्भाग्यवश, पौडिन नजान्ने दुवै कुण्डको गहिराइमा फस्छन् र बाहिर निस्कन सक्दैनन् । समयमै उद्धार पनि हुन नसक्दा दुवैजनाको घटनास्थलमै ज्यान जान्छ । सोमबार गोसाइकुण्डमा खोजी कार्यको क्रममा दुवैको शव फेला परेको हो । शव फेला पर्दा उनीहरू एकअर्काको हात समातिरहेको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया