१४ वर्षपछि आमा बुबासँगै पाइन् नागरिकता

१४ वर्षदेखि बालगृहमा बस्दै आएकी स्वस्तिकाले बुबाको नाममा नागरिकता पाएकी छन् । काभ्रेपलाञ्चोकको धुलिखेल–७ स्थित बालगृहमा १४ वर्षदेखि बस्दै आएकी स्वस्तिका केसीले आफ्ना बुबा विष्णुराज केसीमार्फत नेपाली नागरिकता प्राप्त गरेकी छन् । बेवारिसे अवस्थामा फेला परेकी स्वस्तिकालाई सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१० मा वंशजको आधारमा नागरिकता प्रदान गरिएको हो । ६ वर्षको हुँदा हराएकी स्वस्तिकाले १४ वर्ष पछि मात्र आमा बुबालाई देख्न पाइन् । समाजसेवी अर्जुन भुषालको सक्रियतामा स्वस्तिकाका आमा बुबा सम्र्पकमा आएका हुन् । १२ कक्षसम्म पढेकी स्वस्तिकाको नागरीकता बनाउने उमेर भएपछि आमा बुबाको अत्तो पत्तो नभएपछि अर्जुन भुषालमार्फत भिडियो अपलोड गरी खोजी कार्य थालीएको थियो । भिडियो हेरे पछि स्वस्तिकाकी आमा मञ्जु समर्पकमा आएकी थिईन् । र पछि बुबाको पनि खोजी गरी समर्पकमा ल्याईएको थियो । स्वस्तिकाको नागरिकता प्रक्रिया अगाडि बढाउन अर्जुन भुषाल, शर्मिला श्रेष्ठ, सुवास माकजुलगायत व्यक्तिहरूले विशेष पहल गरेका थिए ।

प्रतिक्रिया