कार्यक्रम सञ्चालन गर्दै महिनामा लाखौं कामाउदै प्रेरणा

के तपाईँलाई MC को अर्थ थाहा छ? अंग्रेजीमा MC को अर्थ हुन्छ मास्टर अफ सेरेमोनी…सांगीतिक कार्यक्रम, कन्सर्ट, मेला महोत्सव र औपचारिक,अनौपचारिक कार्यक्रम चलाउने ब्यक्तिलाई सामान्यतया MC भनिन्छ । MC एउटा राम्रो पेशा हो । नेपालमा पनि MC हरुको राम्रै कमाइ हुन्छ । नेपालमा एमसिइङ गरेर राम्रो आय आर्जन गर्नेमा नेपालगञ्जकी प्रेरणा गिरी पनि एक हुन्। सुदुरपश्चिमका प्राय सबै मेला, महोत्सव,खेलकूद र सांगीतिक कार्यक्रमकी उद्घोषिका हुन् उनी । सिजनमा सास फेर्ने फुर्सद हुन्न प्रेरणालाई । उनी महिनामै लाखौँ कमाउँछिन् कार्यक्रम चलाएर ।रावायण चलचित्रमा अभिनय गरेकी उनी मोडलिङ र फोटोशुटमा पनि ब्यस्त छिन् । उनको दोस्रो फिल्म ‘कल्ली’ आउँदो फागुन १ गते रिलिज हुँदैछ, जहाँ उनी नर्सको भूमिकामा देखिनेछिन् । फिल्म अभिनयलाई अझ सशक्त बनाउन उनले तीजपछि पोखरामा अनुप बरालसँग अभिनय प्रशिक्षण लिने तयारी गरिरहेकी छिन् । हालै प्रेरणाले जापान अध्ययन केन्द्रित एनेक्स एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरको रूपमा एक वर्षका लागि सम्झौता गरेकी छन् ।

प्रतिक्रिया