अन्तर्राष्ट्रिय दबाब बढाउन भन्दै विपिन जोशीकी आमा र बहिनीलाई अर्को साता इजरायल झिकाउने

२०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासको बन्दकमा रहेका विपिन जोशीकी आमा र बहिनीलाई इजरायल सरकारको पहलमा इजरायल झिकाइने भएको छ । इजरायल सरकारले अन्तर्राष्ट्रिय दबाब बढाउन भन्दै उनकी आमा पद्मा र बहिनी पुष्पालाई अर्को साता इजरायल झिकाउने निश्चित भएको इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरूको भिसालगायतका कागजातको काम सकिएको विदेश मन्त्रालयका अधिकारीले बताएका छन् । अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न त्यसै पनि ढिला भइसकेको र यसमा नेपाल सरकार चुकेको राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापा भनाइ छ । विपिन एक कृषि विद्ययार्थी हुन् र त्यही सिलसलामा काम गर्न भनि इजरायल पुगेका थिए । हमास आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए । र विपिनलाई भने अपहरण गरीएको थियो । जम्मा १२ सय मारिएका थिए भने विपिनसहित २५१ जना बन्धक बनाइएका थिए, इजरायलले प्यालेस्टाइनमा हमला गर्दा ६० हजारभन्दा बढी मारिएका छन् ।

प्रतिक्रिया