
विष्णु माझीको नयाँ गीत सार्वजनिक भएसँगै बल्ल तीज आएको अनुभव भएको छ । गायिका विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक हुने बित्तिकै यसको चर्चा सुरु भएको छ । विष्णु माझी, जसको स्वरले नेपाली संगीतमा आफनो विशेष स्थान बनाइसकेको छ, यसपटक पनि आफ्ना फ्यानलाई केही नयाँ र प्रभावकारी ढंगमा ल्याउने प्रयासमा छिन् उनी । उनले गुपचुप रहेर पनि आफ्नो कलाको मार्फत नाम र दाम कमाउन सकिन्छ है भनेर प्रमाणित गरेकी छिन् । विष्णु माझी, जो कहाँ बस्छिन, कस्ती छिन् भनेर उनको व्यक्तिगत जीवनको बारेमा कसैलाई केही थाहा छैन । उनको धेरैमा पनि एक दुई वटा मात्र तस्बिरहरू सार्वजनिक भएको छ । तर उनको गीतको पर्खाइमा तीज आउनु भन्दा अघडिदेखिनै सोधी खोजी सुरु हुन्छ । उनको यो भन्दा अगाडिका गीतहरू “आइन आमा यो तीजमा”, “चरी जेलैमा” जस्ता गीतहरूले बजारमा व्यापक चर्चा कमाइसकेको छ । तेस्तै, विष्णुको गोपनीयताका कारण पनि उनी आफैं एउटा रहस्यमय प्रतीक बनेकी छिन् ।
प्रतिक्रिया