टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल आज नर्दन टेरिटोरीसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियाको डार्विनमा सुरु भएको  नेपाल आज नर्दन टेरिटोरीसँग प्रतिस्पर्धा गर्दैछ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्दै छन् भने विपक्षी नर्दन टेरिटोरीको कप्तानी केन रिचार्डसनले सम्हाल्नेछन् । यस शृङ्खलामा नेपालले ६ वटा खेलहरू खेल्ने तालिका छ । नर्दन टेरिटोरीविरुद्धको खेलपछि नेपालले भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्स, भदौ ३ गते होबर्ट हुरिकेन्स, भदौ ४ गते मेलबर्न रेनेगाड्र्स र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्नेछ । टप एन्ड टी–२० शृङ्खलापछि नेपालले अझै तीन अभ्यास खेलहरू खेल्ने कार्यक्रम छ । तीमध्ये भदौ १० गते क्रिकेट एसीटीसँग, भदौ १२ गते साउथ अस्ट्रेलियासँग र भदौ १४ गते साउथ अस्ट्रेलियासँग खेल खेल्ने तय भएको छ । यो सम्पूर्ण दौडान आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाली टोलीले प्रतिस्पर्धा गर्न लागेको हो । जसले टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र सशक्त प्रतिस्पर्धाबाट फाइदा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया