आफ्नो चलचित्रलाई कसैले साथ नदिएपछि भावुक भइन बर्षा

मेरो पालोमा चाहिँ कसैले नगरिदिँदो रहेछ, ठिकै छ

काठमाडौं। आफुलाई कसैले साथ नदिएको भन्दै अभिनेत्री बर्षा राउत भावुक भएकी छिन। उनले १५ सेकेन्डको एउटा भिडियाे सार्वजनिक गर्दै आफ्नो चलचित्रलाई कसैले साथ नदिएको भन्दै गुनासो पोखेकी हुन।

उनले हिजो एउटा १५ सेकेन्डको भिडिओ सार्वजनिक गरेकी थिइन्, जहाँ उनको आँखाभरि आँशु देख्न सकिन्छ।

भिडिओमा उनले भनेकी छन्,’मैले अघि एउटा भिडिओ हेरेको थिएँ, वर्षालाई साथ दिने कोही भएनन्, एकलै रहिछन् भनेर। खासमा म आफैले फिल गरेको कुरा हो। हरेक फिल्म आउँदा मैले सबैलाई कस्तो सपोर्ट गरेको जस्तो लाग्थ्यो मलाई चाहिँ। डाइरेक्टली, इन्डाइरेक्टी सपोर्ट गर्थेँ। तर, मेरो पालामा चैं कसैले नगरिदिँदो रहेछ। ठिकै छ। माया गर्ने सबैलाई धन्यवाद।’

वर्षा अभिनीत चलचित्र ‘मालती मंगले’ गत शुक्रबार रिलिज भएको थियो। सो चलचित्रमा उनी विजय बरालको अपोजिटमा छिन्। चलचित्रको प्रमोसनमा बर्षाले निकै मिहिनेत गरेकी थिइन्। तर, चलचित्रले हलहरुमा अपेक्षित व्यापार गरिरहेको छैन। ‘मालती मंगले’ रिलिजको सम्मुखमा आइपुग्दा यसका निर्माता समेत रहेका गायक रामकृष्ण ढकाल विवादमा परेका थिए।

रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निस्किएपछि आफैँले गाडी चढाएर लगेको उनले एक अन्तर्वार्तामा बताएका थिए। यो विषयलाई लिएर ढकालमाथि सामाजिक सञ्जालमा निकै प्रहार भयो। यसको असर पनि चलचित्रमा परेको अनुमान छ।

Oplus_131072

प्रतिक्रिया