राम लिम्बू र सञ्जु मोक्तान युके जाँदै

द भोइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बू र गायिका सञ्जु मोक्तान सांगीतिक कार्यक्रमका लागि सोमवार युके जाँदैछन् । सुनगाभा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रम जुन ४ बाट शुरु हुनेछ ।

जुन ४ मा नेपालीहरुको बाक्लो उपस्थिति रहेको आशफोर्डबाट सांगीतिक धमाका शुरु हुनेछ । त्यसपछि जुन ५ मा ह्यारोमा कार्यक्रम हुने सुनगाभा इन्टरटेनमेन्टका गौरव लिम्बूले जानकारी दिए ।

तेस्रो कार्यक्रम जुन १० मा टिडवर्थ,११ मा स्टाटफोर्ड,१२ मा क्याटरिक, १७ मा स्विन्डन,१८ मा ननिङ्टन र अन्तिम कार्यक्रम १९ जुनमा ब्ल्याण्डफोर्डमा हुनेछ । सांगीतिक कार्यक्रम सकेर पनि रिफ्रेशमेन्ट तथा पारिवारिक भेटघाटका लागि राम र सञ्जु केही समय युकेमै रहनेछन् ।

https://www.youtube.com/watch?v=yAQOzXjfIwA&t=617s

प्रतिक्रिया