अभिनेता पल शाहलाई पोखरा उच्च अदालतले पनि थुनामा राख्ने आदेश सदर गरेको छ । उच्च अदालतको हिजोको यो फैशला पछि अभिनेता शाहले अब के गर्लान् भन्ने धेरैलाई चासो छ । अब उनले सफाइ पाउने बाटो समाप्त भएको हो? भन्ने पनि धेरैको प्रश्न छ । तर अभिनेता पलको लागि अझै दुईवटा उपाय बाँकी रहेको अधिवक्ता वोर्णवहादुर कार्की बताउँछन् ।
अब पलले उच्च र जिल्लाको आदेश बदर गरीपाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछन् । सर्वोच्चबाट पनि जिल्ला र उच्चको आदेश सदर भएको अवस्थामा भने पलले नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा विचाराधीन मुद्धाको अन्तिम किनारा नलागेसम्म कुर्नुपर्ने हुन्छ । नाबालिग गायिकाले अदालतसमक्ष बयान फेरेकाले पलले उन्मुक्ती पाउलान् कि भन्ने संभावना रहेको अधिवक्ता कार्कीको भनाई छ ।
प्रतिक्रिया