बालेनको फोहोर व्यवस्थापनको बाटोमा सहयोग गरौँ

विदेशी सडकमा थुक्दैनौं,फोहोर फ्याल्दैनौं तर नेपालमा किन?

मेयर निर्वाचित भएसँगै बालेन शाहबाट काठमाडौं महानगरवासीहरुले काठमाडौंको फोहोर दिर्घकालिन् रुपमा व्यवस्थापन हुने विश्वाश गरेका छन् । बालेनले पनि चुनाव अघि फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य अजेण्डा बनाएका थिए । अहिले बालेनको सक्रियता हेर्दा उनको प्राथमिकता सूचीको पहिलो नम्बरमा फोहोर व्यवस्थापन नै छ ।

मेयरमा निर्वाचित भए लगत्तै बालेन २ पटक नुवाकोटको सिसडोल र वञ्चरे डाँडा पुगेका छन् । बालेनले स्थानीयलाई तत्काल केमिकल हालेर दुर्गन्ध हटाउने प्रस्ताव राखेका छन् । मान्छे र फोहोर सँगै रहन नसक्ने भन्दै स्थानीयले अवरोध गरेको पनि दुई साता पुगीसकेको छ । तर स्थानीयले बालेनको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । बालेनको प्राथमिकता हेर्दा लाग्छ वर्षौंदेखि समस्याको रुपमा रहँदै आएको काठमाडौंको फोहोर अब भने व्यवस्थापन होला की भन्ने अपेक्षा गरिएको छ ।
बालेनसँगै उपमेयर सुनिता डंगोल पनि फोहोर व्यवस्थापनको मुद्धामा उत्तिकै चिन्तित देखिएकी छन् । युवा जोश जाँगरलाई हामी सबैले समर्थन गर्ने हो भने पक्कै पनि उनिहरुको मिसन सफल होला की भन्ने आशा गर्न सकिन्छ । घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने, सडकहरुमा डस्टविनको व्यवस्था गर्ने लगायत काम भयो र हामी आफैँ सचेत बन्यौँ भने यो समस्या जटिल हुने छैन ।

र फोहोरलाई मोहर बनाउन सकिने संभावनाबारे पनि मेयर जानकार भएकाले अब आशावादी हौँ र समर्थन गरौँ । विदेशमा जाँदा त्यहाँको सिस्टम र नियमले जथाभावी फोहोर नगर्ने हामी आफ्नै देशमा भने त्यस्तो गर्न सक्दैनौं । हामी आफैँले पनि हाम्रो बानीमा सुधार गर्न सक्यौं भने बालेनको फोहोर व्यवस्थापनको बाटो सहज हुनेछ ।

प्रतिक्रिया