भोलिबाट काठमाडौं उपत्यकाको फोहोर उठ्ने

मेयर बालेन शाहको सक्रियताले काठमाडौं महानगरपालिकाको फोहोर उठ्ने भएको छ । शहरी विकाश मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्र बञ्चरे डाँडाका स्थानीय वीच मंगलवार भएको छलफलमा भोलिबाट फोहोर उठाउन दिने सहमति भएको हो ।

सहमति अनुसार बञ्चरेडाँडा क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९।८० का लागि ५ वटा सडकका लागि ४२ करोड ५० लाख तथा नदी नियन्त्रण,मन्दिर निर्माण,वृक्षारोपण लगायतका लागि १ करोड ७० लाख विनियोजन गरिनेछ ।

साथै महानगरपालिकाका तर्फबाट यसै साताबाट स्वास्थ्य विमा गर्ने सहमति पनि भएको छ । महानगरपालिकाले चाँडै फोहोरलाई कुहिने र नकुहिनेमा छुट्याएर व्यवस्थापन गर्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया