विद्युतीय सवारीमा तर्साउने मुल्य वृद्धि

पेट्रोलको मुल्य आकाशिएसँगै इलेक्ट्रीक गाडी किन्ने योजना बनाएर एम जी शो रुममा कल गरेको ५० लाखको गाडीको मुल्य १५ लाख जति बढेर आउँछ भन्ने सुनेपछि नरमाइलो लाग्यो । बरु पुरानै भएपनि पेट्रोल गाडी या नयाँ पेट्रोल गाडी चढ्नु पर्ला ।

१ सय किलोवाट क्षमता भन्दा कमका इलेक्ट्रीक सवारी साधनमा कर नबढाउने तर विलासी र आरामदायी सवारी साधनमा भन्सार शुल्क बढाउने सरकारको नीति छ । इलेक्ट्रीक गाडीहरु सबैको भन्सार शुल्क घटाएर अझ आम नेपाली ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गराउनु पर्नेमा कुनै कम्पनी विशेषका गाडीहरुको लागि सरकारले फरक शुल्कको प्रावधान लगाएको आरोप लगाइरहँदा मलाई पनि त्यस्तै अनुभूति भयो ।

एउटै गाडीमा १५ लाख सम्म मुल्य बढेर आउने भएपछि कसरी इलेक्ट्रीक गाडीमा सिफ्ट हुन सक्छन् त आम नेपाली ग्राहक?

यसैपनि पेट्रोल आयातले अर्थतन्त्रलाई ठुलो मार परिरहेको छ । वातावरणलाई पनि राम्रो हुने, हाम्रो बढ्दो बिजुली उत्पादन पनि यतै खपत हुने । यस्तोमा त भन्सार शुल्क घटाएर विद्युतीय सवारीको मुल्य झन घटाउनु पो पर्ने त सरकार । के हो कुरा बुझिएन त ।

 

प्रतिक्रिया