गायिका इन्दिरा जोशीको तीन वर्षे प्रेम विवाहमा परिणत

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडीयासँग विवाह गरेकी छन् । प्रेमी सरद पेशाले फेशन डिजाइनर हुन् । चितवनको बाराही जंगल लजमा मंगलवार दुबै तर्फका सीमित आमन्त्रीतहरुको उपस्थितिमा विवाह सम्पन्न भएको हो । शरद र इन्दिरा करिव तीन वर्षयता प्रेममा रहेका थिए ।

नाम्चे पुगेका बेला गत वर्ष इन्दिरालाई शरदले गरेको विवाह प्रस्तावले सामाजिक सञ्जाल राम्रैसँग हल्लाएको थियो । नेपाली ताराको पहिलो सिजनमा भाग लिएपछि चर्चा कमाएकी इन्दिरा नवलपरासीकी स्थायी वासिन्दा हुन् । नेपाली तारामा इन्दिरा महिलातर्फ पहिलो भएकी थिइन् । इन्दिरालाई चलचित्र लुटको गीत उध्रेको चोली छ है तैपनि लाइन्छ बोलको गीतले सर्वाधिक चर्चामा ल्यायो ।

उनका चौवन्दी चोली अनि रातो घाँघर, मोटरसाइकलमा, रेलीमाइ, वेहुली लगायत गीत चर्चित छन् । नेपालको पहिलो फ्रेन्चाइज सिंगीङ रियालिटी शो नेपाल आइडलमा तीन सिजन निर्णायक रहेकी इन्दिरा पछिल्लो समय सारेगमप लिल च्याम्प्समा पनि जुरीको रुपमा देखिएकी थिइन् ।

प्रतिक्रिया