पत्रकार लामिछाने राजनीतिमा,कुन पार्टीबाट चुनाव लड्दैछन्?

चर्चित पत्रकार रवि लामिछाने टेलिभिजन छाडेर राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ुसिधा कुराु कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेर राजनीतिमा आउन लागेको लामिछाने निकट मानिने पत्रकार अनुप भट्टराईले जानकारी दिए ।

राष्ट्रिय राजनीतिमा जानमा लागि केही बेर अघि रवि लामिछाने ज्यूलाई ग्यालेक्सी फोर के टिमले विदाई कार्यक्रम मार्फत शुभकामना दिएको छ । आज दिउँसो ३ बजे पश्चात कुनै पनि बेला आफनै फेसबुक लाईभ मार्फत यस बिषयको औपचारिक जानकारी रवि दाई स्वयमले दिदै हुनुहुन्छ । आज साँझ आफू देखिने सिधा कुराको अन्तिम कार्यक्रम मार्फत रवि दाईले आफ्ना सहकर्मी युवराज कडेललाई सिधा कुरा सञ्चालनको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको आधिकारिक जानकारी सवैमा दिन चाहन्छु । राष्ट्रिय राजनीतिमा रवि दाईलाई हार्दिक स्वागत छ । अनुपले लेखेका छन् । कुन राजनीतिक दलबाट उम्मेदवार बन्न लागेको भन्ने अहिलेसम्म खुलेको छैन ।

आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्ने लामिछानेको तयारी छ ।

लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत कतिपयले गरेका छन् भने कतिपयले स्वतन्त्र उम्मेदवारी दिने संभावना रहेको आंकलन गरेका छन् । तर लामिछाने निकट श्रोतका अनुसार उनी राप्रपाबाट चुनाव लड्ने संभावना छैन । आगामी मंसिरमा संसदीय निर्वाचन हुँदैछ ।

https://youtu.be/FELlD0A55M0

 

 

प्रतिक्रिया