सयौँ गीत लेखेका गराचा किरातको ‘घर फर्क साथी हो’ सार्वजनिक

 

गराचा किरात, गीत, संगीत तथा कला साहित्य क्षेत्रमा लामो समय देखि निरन्तर कलम चलाईरहेका श्रष्टा हुन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गराचाले अहिलेसम्म पाँच सय बढी गीत लेखिसकेको छन् । प्रवासमा रहेर पनि उनको गीति लेखन यात्रा निरन्तर अघि बढीरहेको छ । सबै खालका गीत लेख्ने गराचा पछिल्लो समय भने देशभक्तीपूर्ण र सांस्कृतिक गीति लेखनमा बढी आफूलाई केन्द्रीत गरिरहेका छन् ।

यसैको पछिल्लो उदाहरण हो उनको नयाँ गीत ‘घरफर्क साथी’ हो । विदेशमा बसोबास रहेता पनि, जन्म थलो नेपाल र देशभक्ति र स्वदेश प्रति युवा जनशक्ति सचेत भई, आफू जन्मेको देश विकासमा लाग्न स्वदेश फर्क, देश विकास गर्न देशको विकासका निम्ति युवा शक्तिको आवश्यक छ, भन्ने मूल सन्देश सो गीतले दिन खोजेको छ । गीतमा देवेश राई र अनिस ताम्राकारको स्वर रहेको छ । गराचा आफैले भिडियो निर्देशन गरेका हुन् भने छायांकन अमेरिका र नेपालमा भएको हो । गराचाले संस्कृतिमा आधारित अर्को गीत ल्याउने तयारीमा रहेको पनि बताएका छन् ।

 

https://youtu.be/vIaJKiUXfR8

प्रतिक्रिया