अनलाइन ठगीबाट बचाएकोमा नेपाली युवा पेमा तामाङ जापानमा सम्मानित

जापानमा एक नेपाली युवा त्यहाँको प्रहरीबाट सम्मानित भएका छन् । एक वृद्धलाई अनलाइन ठगीबाट बचाएको भन्दै जापान प्रहरीले नेपाली युवा पेमा तामाङलाई कदर पत्रसहित सम्मान गरेको हो ।

जापानको मिएकेनको चु स्थित एक फेमिली मार्टमा म्यानेजरको रुपमा काम गर्ने तामाङले विद्युतीय भौचर कार्ड (गुगल पे) किन्न आएका ६५ वर्षिय वृद्धलाई ९० हजार येन अनलाइन ठगी हुनबाट बचाएका थिए । तामाङ काभ्रे धुुलिखेलका स्थायी वासिन्दा हुन् ।

कम्प्युटरको भाइरस हटाउन एक ठगको समूहले ती वृद्धलाई गुगल पे कार्ड किनेर त्यसको नम्बर आफूलाई दिन भनेका थिए । त्यो थाहा पाएपछि म्यानेजर तामाङले ती वृद्धलाई ठगिन लागेको जानकारी गराएका थिए ।

त्यसरी ठगी हुनबाट बचाउने तामाङलाई जापानका बिभिन्न मिडियाले अन्र्तवार्ता समेत लिएका छन् । जापानमा पछिल्लो समय नेपालीहरु समेत यस्तै खाले ठगीको शिकार बन्ने गरेका छन् ।

 

https://youtu.be/jSnXKBDyNtY

 

प्रतिक्रिया