युवाहरुको एउटा समूहले रवी लामिछानेको पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । रवीको पार्टी कुनै पनि हालतमा दर्ता नगर्न माग गर्र्दै आज निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा उजुरी परेको हो । आफूहरुको माग पुरा नभए सर्वोच्च अदालत जाने ती युवाहरुले चेतावनी दिएका छन् । आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका ती युवाहरुले रवीले धमिलो पानीमा माछा मार्न खोजेको पनि आरोप लगाएका छन् ।
स्वतन्त्रहरुको उभार आएको बेलामा त्यसको दुरुपयोग गर्न रवीले स्वतन्त्र पार्टी दर्ता गरेको दावी गर्दै उनीहरुले कुनैपनि हालतमा पार्टी दर्ता हुन नहुने ती युवाहरुको माग छ । स्वतन्त्र शब्द कुनै दल विशेषका लागि हुनै नसक्ने ती युवाको जिकिर छ । रवीले हिजो निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
प्रतिक्रिया