नेकपा एमाले परित्याग गरेर कम्युनिष्ट एकता अभियान चलाउँदै आएका वामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दैछन् । करिव तीन महिना कम्युनिष्ट एकताको अभियान चलाएपछि आज उनले नयाँ पार्टी घोषणा गर्न लागेको हुन् । आज दिउँसो पौने तीन बजे रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै गौतमले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । तत्कालिन नेकपा एमालेमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका गौतम पार्टी विभाजनसँगै कम्युनिष्ट एकता अभियानमा सक्रिय भएका थिए । गौतमको नयाँ पार्टीमा ७० जना केन्द्रीय सदस्य रहने बताइएको छ । गौतमलाई स्पष्ट अडान लिन नसक्ने नेताको रुपमा पार्टी वृत्तमा हेर्ने गरिएको थियो । यसपटक पार्टी खोलेरै छाड्ने अडान लिएका गौतम कति सम्म अगाडी बढ्छन् त्यो चाहीं हेर्न बाँकी नै छ ।
प्रतिक्रिया