नेपालमा टिभिएस अपाचे आरटिआर 160-4 भी सार्वजनिक,कति छ मुल्य?

नेपाली बजारमा टिभिएस अपाचेको आरटिआर १६० सार्वजनिक भएको छ । सोमवार राजधानीको महालक्ष्मीस्थान स्थित युनिराइड अटोमा नेपाली कांग्रेसका नेता धनराज गुरुङले उक्त मोटरसाइकल सार्वजनिक गरेका हुन् । सोही दिन कुमारीपाटी स्थित रेश अटोमा बर्गर हाउसका संचालक युवा व्यवसायी वसन्त लामाले मोटरसाइकल सार्वजनिक गरेका हुन् । नेपाली बजारमा यस मोटरसाइकलको मुल्य ३ लाख ७९ हजार ९ सय पर्ने युनिराइड अटोका संचालक निर्मल सिग्देलले जानकारी दिए ।
टिभिएसको यो स्पोर्टस् भर्सनको नयाँ मोटरसाइकल युवा पुस्तामाझ लोकप्रीय हुने विश्वास गरिएको छ । यस मोटरसाइकलमा फोन आउँदा स्क्रिनमै डिस्प्ले हुने सुविधा पनि छ ।

प्रतिक्रिया