जनता समाजवादी पार्टी फुट्ने निश्चित जस्तै भएको छ । आन्तरिक द्धन्द्वमा फसेको जसपा अन्तत बाबुराम भट्टराई र उपेन्द्र यादव समूहमा विभाजन हुन लागेको हो । दुई पक्षबीच भएको पछिल्लो छलफलमा सहमतिमै आ–आफ्नो बाटो लाग्ने सहमति भएको हो । अध्यक्ष यादवले एकलौटी गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराई पक्ष लामो समयदेखि नै अन्तर संघर्षमा थियो । पार्टीमा कार्य विभाजन यथोचित तवरले नभएको, एकलौटी ढंगले पार्टी सञ्चालन गरेको लगायत आरोप लगाउँदै आएको भट्टराई पक्षले पार्टी भित्र हस्ताक्षर अभियान समेत चलाएको थियो । हस्ताक्षर चलाएका बखत बहुमत रहेको भनिएपनि पार्टी भित्र डा. भट्टराई अहिले अल्पमतमा रहेको बताइएको छ । यसर्थ जसपाको आधिकारिकता यादव पक्षकै हुनेछ । माओवादी छाडेर नयाँ शक्ती पार्टी बनाएका डा. भट्टराई अब फेरि नयाँ पार्टी बनाएर अघि बढ्ने संभावना छ ।
प्रतिक्रिया