जापानी पूर्व प्रधानमन्त्री आवेमाथी २ गोली प्रहार,अवस्था चिन्ताजनक

गोली प्रहारबाट गम्भीर घाइते जपानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अवस्था चिन्ताजनक छ । टोकियोका गभर्नर योची मसुजोको अनुसार आवे कार्डियोपल्मोनरी स्टेटमा छन् । जापानमा आधिकारिक मृत्यु घोषणा गर्नुअघि यस्तो चिकित्सकीय भाषा प्रयोग गरिने भएकाले उनी गम्भीर अवस्थामा छन् भन्न सकिन्छ । नारा शहरमा शुक्रवार राजनीतिक भाषण दिने क्रममा उनीमाथी दुई पटक गोली प्रहार भएको हो । उनलाई गोली प्रहार गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ ।

https://youtu.be/zFqbIoCgg8U

 

 

प्रतिक्रिया