राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङलाई स्याल्युट गरेका छन् । साम्पाङलाई उनकै कार्यकक्षमा शुक्रवार भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले भने ‘म हर्क साम्पाङलाई स्याल्युट गर्छु, उहाँ जस्तो जनप्रतिनिधीलाई स्याल्युट गर्न चाहान्छु’ भन्दै सञ्चारकर्मीकै अगाडी सलाम ठोके । साम्पाङ जस्तो मानिस आफ्नो पार्टीमा प्रवेश गर्नु आफ्नो लागि ठुलो कुरा हुने लामिछानेको भनाई थियो । लामिछाने पार्टीको प्रचार प्रसारका लागि अहिले देश दौडाहामा रहेका छन् । लामिछानेले मुलधारका राजनीतिक दलहरुबाट पार नलाग्ने भएपछि आफूले नयाँ पार्टी खोल्नुपरेको उल्लेख गरे । ठुला र मुल धार भनिने राजनीतिक दलले राम्रो काम गरेको भए म पनि तिनै मध्येको कुनै राजनीतिक दलमा आवद्ध भइसकेको हुने थिएँ लामिछानेले भने युवा साथीहरुलाई पनि तिनै पार्टीमा आवद्ध गराउन पहल गर्ने थिएँ । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साम्पाङले आफूलाई श्रममा सहयोग गर्न सभापति लामिछाने आएको बताए । उहाँले श्रममा सघाउँछु भनेर आएको भन्नुभयो । उहाँले मलाई शुभकामना दिनुभयो, मैले पनि उहाँलाई शुभकामना दिएँ । पहिले पनि एकपटक उहाँसँग क्याजुउल भेट भएको थियो । उहाँले पार्टीलाई सघाउनका लागि भने कुनै अनुरोध या प्रस्ताव नगरेको मेयर साम्पाङको भनाई थियो । रवि लामिछाने जत्तिको मान्छेले केही प्रस्ताव भएको भए भेटमा पक्कै राख्नुहुन्थ्यो मेयर साम्पाङले भने तर त्यस्तो केही भएन खाली शुभकामना मात्रै आदान प्रदान भयो । ‘मनको कुरा मनमै रह्यो भन्ने जस्तो अवस्थामा उहाँ फर्कने मान्छे पक्कै हैन’ भन्दै उनले भेटमा केही गम्भीर कुराकानी नभएको कुरा सञ्चारकर्मीसामु प्रश्ट पारे ।
प्रतिक्रिया