स्थानीय निर्वाचन: ३५ हजार पदका लागि डेढ लाख उम्मेदवार

डेढ लाख हाराहारीमा उम्मेदवारी दर्ता

देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बिहान ७ बजे दिएको जानकारीअनुसार यतिबेलासम्म डेढ लाख हाराहारीमा उम्मेदवारी दर्ताको विवरण प्राप्त भइसकेको छ।
‘अहिले ठ्यायक्कै डाटा त कण्ठ भएन तर अब लगभग अन्तिम सूची जस्तै हो, उम्मेदवारी संख्या डेढ लाख हाराहारी पुगेको छ’, प्रवक्ता पौडेलले नेपालखबरसँग भने, ‘कुनै न कुनै स्थानको मात्र आउन बाँकी छ।’
तर यसको अन्तिम सूची प्रकाशन गर्न बाँकी रहेको उनले बताए।
देशभर पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत गरी ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ।

प्रतिक्रिया