दोहोरिन टिकट नपाएपछि पाख्रीवासका मेयरले भने : आजैदेखि एमाले छाडेँ

धनकुटाको पाख्रीबास नगरपालिका प्रमुख वृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट नगर प्रमुख बनेका राईले यो पटकको निर्वाचनमा मनोनयन सकिएको भोलिपल्ट एमाले छाडेको घोषणा गरेका हुन्।

यद्यपि उनले यो घोषणा सामाजिक सञ्जालबाट गरेका हुन्। उनले पार्टीमा कुनै किसिमको राजीनामा बुझाएका छैनन्।

प्रतिक्रिया