सुमिता राईको ‘यो पल’ सार्वजनिक

युकेमा स्थायी बसोबास गर्दै आएकी गायिका सुमिता राईको म्युजिक भिडियो यो पल सार्वजनिक भएको छ । उनको आफ्नै युट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगीत उदय सोताङको रहेको छ भने संगीत संयोजन कृष्ण लिम्बूको रहेको छ । सुमिता इन्टरटेनमेन्टमार्फत सार्वजनिक गीतको भिडियोमा गायिका सुमिता आफैले अभिनय गरेकी छन् भने उनलाई उनका श्रीमान् खरुन राई र छोरी नयनाले साथ दिएका छन् । भिडियोलाई चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । बेलायतमा लाउरेनी भएर पुगेकी सुमिता हाल शिक्षण पेशामा आवद्ध छिन् । सुमिता प्राथमिक विद्यालयकी शिक्षिका हुन् । नेपाल बस्दैदेखि सांगीतिक क्षेत्रमा धेरै रुची राख्ने उनी बेलायतमा पुगेर पनि सांगीतिक गतिविधीमा सक्रिय छिन् । यसै साता नेपालमा आफ्नो नयाँ एल्वम नयना सार्वजनिक गरेर बेलायत फर्कीएकी छन् ।

Song Link Here

https://www.youtube.com/watch?v=EsnDOdEeIbM

प्रतिक्रिया