टलटल टल्कीने गीत गायिका अनिला राईको ‘धाराको पानी’ सार्वजनिक

वीर विक्रम चलचित्रको टलटल टल्कीने गीतकी गायिका अनिला राई हाल स्थायी रुपमा बेलायतमा बस्दै आएकी छन् । वीर विक्रमको गीत हिट भएपनि अनिलाको परिचयको दायरा भने फराकीलो बन्न सकेको छैन् । अनिलाले अहिले सम्म ७ वटा एल्वम सार्वजनिक गरिसकिन् भने १ सय भन्दा धेरै गीत गाइ सकेकी छन् । बेलायतबाट यसपटक एल्वम र पुस्तक सार्वजनिक गर्न नेपाल आउँदा भने उनले ठुलै सफलता पाएको महशुश गरेकी छन् । उनले योद्धा, पपी फूल र म शीर्षकको गीति संग्रह सार्वजनिक गरेपछि अनिला नयाँ मिडियामा अन्र्तवार्ता दिन व्यस्त बनिन् । मिडियाहरुले साथ दिएको देखेर उनी यसपटक निक्कै दङ्ग छिन् । नेपाल आएकै बेला उनले धाराको पानी बोलको म्युजिक भिडियो पनि सार्वजनिक गरेकी छन् । उनकै स्वर र शब्द रहेको गीतमा संगीत रोशन राईको रहेको छ । उक्त म्युजिक भिडियोमा योगेन्द्र राई र उपासना नेम्वाङले अभिनय गरेका छन् । चर्चित नृत्य निर्देशक कमल राईले निर्देशन गरेको म्युजिक भिडियो आदिम आवाज अनलाइन टिभी युट्युव च्यानलमा उपलब्ध छ । पुस्तक,गीति संग्रह र म्युजिक भिडियो सार्वजनिक गरेर गायिका अनिला यसै साता बेलायत उड्दैछिन् ।

Song Link Here

https://www.youtube.com/watch?v=t5_ETqT08Nw

प्रतिक्रिया