लोकप्रीय गायक तथा सङ्गीतकार सत्यराज आचार्यको राजकुमार बोलको गीत सार्वजनिक भएको छ । गीतमा पदम लोहारको प्रस्तुती रहेको छ । पदमकै लेखन रहेको गीतमा सत्यञ्स्वरूपको सङ्गीत रहेको छ । यस गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् भने रेकर्डिङ्ग राजेश श्रेष्ठले गरेका हुन् । गीतको मिक्सिङ्ग, मास्टरिङ्ग किशोर थापाले गरेका हुन् । वेस्टर्न कलरमा आधारित स्लो रक प्याटर्नको गीतलाई म्यूजिक भिडियो सहित तयार पारिएको छ । जसलाई तोसित घतानीले निर्देशन गरेका छन् । भिडियोमा स्वयं सत्यराज र अभिनेत्री रिमा मिधुन मगर र सृजन भट्टराईले अभिनय गरेका छन् । रन्जन महतको छायाङ्कन अनि निर्देशक तोसितकै सम्पादन रहेको भिडियोको रङ्ग संयोजन विप्लव गौलीले गरेका छन् । भिडियोलाई सत्यञ्स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
Song Link Here
प्रतिक्रिया