संसदको सम्मानका लागि मात्रै बयान दिन आएको हुँः चोलेन्द्रशम्शेर जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसदको सम्मानका लागि मात्रै आफू उपस्थित भएको बताएका छन् । महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबार पुगेका चोलेन्द्रले यस्तो बताएका हुन् । उक्त समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज समितिमा आएका हुन् । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

Interesting Video

https://www.youtube.com/watch?v=OfP117HCivg&t=67s

प्रतिक्रिया