सत्ता गठबन्धनको प्रदेश स्तरीय कार्यक्रम रद्द, वैशाख २३ गते काठमाडौंमा सभा गर्ने

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी वैशाख २३ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बुधबार बसेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रले यस्तो निर्णय लिएको हो।
यसअघि गत वैशाख ८ गतेको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो।
तर त्यो निर्णयलाई संशोधन गर्दै केन्द्रीय तहको चुनावी सभा वैशाख २३ गते दिउँसो १ बजे काठमाडौंमा गर्ने निर्णय भएको संयन्त्रका सदस्य सचिव अभिवक्ता केशवराज जोशीले बताएका छन्।
उक्त सभालाई गठबन्धन दलका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने भएका छन्। अन्य चुनावी सभाहरू आवश्यकताअनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने भएका छन्।

प्रतिक्रिया