उर्गेन दोङको गीत लजालु मायालु यो समाचार तयार पार्दा म्युजिकको ट्रेन्डीङ नं १ मा छ । उनको अर्को गीत छोटो जीवन पनि म्युजिक ट्रेन्डीङमै छ । उनका यसअघिका प्राय सबै गीतहरु ट्रेन्डीङ लिस्टमा पर्दै आएका छन् । हाम्रो यो माया कहिले नछुटोस् बोलको गीत त युट्युवमा मात्रै होइन टिकटकमै लामो समय ट्रेन्डीङ गीत बन्दै तहल्का मच्चाउन सफल रह्यो । वैदेशिक रोजगारमा दुबईमा रहेका उर्गेन गीत संगीतमै केही गर्न सकिन्छ कि भनेर नेपाल फर्किएपछि टाढा भएपनि गीत सार्वजनिक गरे । उक्त गीत हिट भएपछि उर्गेनले अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन् । टाढा भएपनि सँगै टाढा भएपनि २, हाम्रो यो माया (नछुटोस्),तिमीले चुमेका हात गरी चार वटा उर्गेनका गीत करोड क्लव पार गर्न सफल भएका छन् भने दुई दिनको माया र माया तितो मीठो पनि करोड क्लव नजिक छन् । फरक शैलीका गीत कम्पोज गर्न र शब्द कोर्न माहिर उर्गेनको नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान छ । उनले आफ्नो तामाङ भाषालाई पनि गीत संगीतको माध्यममार्फत राम्रै प्रचार प्रसार गरेका छन् । उनका हरेक जसो गीतमा तामाङ भाषाको प्रयोग गरिएको पाइन्छ ।
प्रतिक्रिया