१५ वर्षको कलिलो उमेरमा युट्युवको सिल्भर प्ले बटन पाउने नेपालका कान्छा युट्युवर हुन् गणेश जिडी । गुगलमा गणेश जिडीको नाम सर्च गर्दा यस्तै जानकारी पाइन्छ । उसो त जिडी अहिलेको समयका कान्छा युट्युवर भने हैनन् तर नेपालमा सिल्भर प्ले बटन पाउने कान्छा युट्युवर भएकै कारण उनलाई गुगलले पनि नेपालको कान्छा युट्युवरको परिचय दिएको हो । पहिलो युट्युव च्यानल टिच गणेशले खासै पिकअप नलिएपछि उनले जिडी भाइन्स नामको युट्युव च्यानल खोले । उक्त च्यानल खोलेको केही समयमै च्यानल उड्यो । जिडी च्यानल उडेपछि निक्कै दुखी भएका थिए । फेरि २०१७ नोभेम्बरमा उनले गणेश जिडी नामक च्यानल खोले । उक्त च्यानलमा उनले कमेडी भिडियोहरु अपलोड गर्न थाले । जिडीको उक्त च्यानलमा नेपाली इन ब्रिटेन गट ट्यालेन्ट शीर्षकको भिडियो भाइरल भयो र झण्डै १ करोड युट्युव भ्युज रहेको छ । जिडी कमेडी भिडियोका लागि युवा पुस्ता माझ निक्कै चिर्चित छन् । उनका हाल करिव साढे ६ लाख सब्स्क्राइबर छन् । उनको सपना छ राम्रो नेपाली चलचित्र बनाउने ।
प्रतिक्रिया