अभिनेता दयाहाङ राई र गायिका बेनुकालाई पुत्र लाभ

अभिनेता दयाहाङ राई र गायिका बेनुकालाई पुत्र लाभ लोकप्रीय अभिनेता दयाहाङ राईलाई पुत्र लाभ भएको छ । अभिनेता राई र श्रीमती गायिका बेनुका राईलाई आज विहान राजधानीको एक अस्पतालमा पुत्र लाभ भएको हो । दयाका यसअघि १० वर्षका एक छोरा छन् । उनको नाम साम्दुङहाङ हो । दया र बेनुकाको २०६५ साल फागुन २ गते विवाह भएको थियो । बेनुकाले पछिल्लो समय गाएको गीत साँझ परे पछि नि लै लै बोलको गीत निक्कै चलेको थियो । यस वर्ष दयाका लागि पुत्र लाभ सँगै एक साथ अन्य तीन खुसी प्राप्त भए । कबड्डी चलचित्र इतिहास रचेर अहिले सम्मकै सर्वाधिक रकम कमाउने फिल्ममा दर्ज भयो भने यसै वर्ष उनले कपनमा नयाँ घर बनाए नयाँ निवासमा बसोबास शुरु गरे । यसै वर्ष उनले नयाँ गाडी पनि खरिद गरे । पुत्र लाभ भएकै कारण आज अर्का अभिनेता वुद्धी तामाङको विवाह समारोहमा दया उपस्थित हुन सकेनन् । जे होस मण्डला थिएटर परिवारमा आज एकै दिन दुई वटा खुसी मिल्यो एकातिर वुद्धीको विवाह अर्कोतिर दयालाई पुत्रलाभ …

प्रतिक्रिया