वुद्धी तामाङको भव्य विवाह,अनु थिङसँग जोडी जम्यो अभिनेता वुद्धी तामाङ अन्तत विवाह बन्धनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङसँग वुद्धीले विहे गरेका हुन् । भक्तपुरको ह्वाइट पार्टी प्यालेसमा चलचित्र क्षेत्रका मानिस तथा आफन्तजनको उपस्थितिमा वुद्धीले भब्य विवाह गरे । अनुलाई लिन वुद्धी काभ्रेबाट भक्तपुर पुगेका हुन् । आजै माइतीबाट अनुको विदाइ गरियो । अब काभ्रेमा वुद्धीको भब्य विवाह सम्पन्न हुनेछ । चलचित्र क्षेत्रमा सफल भइसकेका वुद्धीलाई धेरैले कहिले विहे गर्ने भनेर हैरान पार्ने गरेका थिए । वैवाहिक समारोहमा निश्चल वस्नेत,दिपेन्द्र लामा,केदारप्रसाद घिमिरे,दीपाश्री निरौला,अनुप वराल,अशोक शर्मा,विजय वराल,अंकित खड्का लगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया