शिशिर योगी र कोमल वलीको आवाजमा ‘जननेता मदन भण्डारी’ सार्वजनिक

स्व. जननेता मदन भण्डारीको जीवनिमा रहेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा स्व। भण्डारीको राजनीतिक जीवन र उनको विचारधारालाई समेट्ने प्रयास गरिएको छ । गीतमा गायक शिशिर योगी र गायिका कोमल वलीको स्वर, बुद्धिमान परियारको शब्द तथा शिव गौतमको संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा कलाकार सुमन कार्कीले स्व। भण्डारीको अभिनय गरेका छन् भने कलाकार सारिका प्रसाईंले विद्यादेवी भण्डारीको भूमिका निर्वाह गरेकी छिन् । भिडियोमा विशेष गरेर भण्डारीको जन्म गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिका, ढुंगेसाँघु स्थित उनको जन्मघर र पछि बसाईँ सरी आएको मोरङको उर्लावारीलगायतका स्थानका दृश्यहरु समेटिएको छ ।
गीतको भिडियोमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू देवराज घिमिरे, गुरु बराल, मैवाखोला गाउँपालिकाका पूर्व पालिका अध्यक्ष राजन थत्लुङको शुभकामना सन्देशसमेत समेटिएको छ।
डिलाइट क्रिएशन कम्पनीमार्फत संचालित ‘नेपाल विशेष’को अफिसियल यू–ट्युव च्यानलमार्फत सार्वजनिक गीतको भिडियोलाई दिपेन बस्न्यात र रेहम दर्लामी मगरले छायांकन गरेका हुन् । गीतको भिडियोमा दिपेन बस्न्यात स्वंयको सम्पादन रहेको छ ।

प्रतिक्रिया