उदयीमान गायिका सुस्मिता राईको निधन

उदयीमान गायिका सुस्मिता राईको निधन भएको छ । आज विहान राजधानीको पाटन अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको निधन भएको हो । डेङ्गीको संक्रमणपछि उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । डेङ्गीसँगै किड्नी,कलेजो र फोक्सोमा संक्रमण देखिएको चिकित्सकले जानकारी दिएका छन् । सुस्मिताले निधनको केही घण्टा अघि एउटा लाइभ भिडियो पोस्ट गर्दै आफ्ना लागि प्रार्थना गरिदिन आग्रह गरेकी थिइन् । २४ वर्षकी सुस्मिताको ९ महिनाको छोरा छन् । उनको जन्मघर खोटाङमै अन्तिम संस्कार गर्ने तयारी छ । सुमधुर स्वरकी धनी केही वर्ष अघि मात्रै विवाह गरेकी थिइन् । ६ वर्षमै उनले दृष्टि गुमाएकी थिइन् । एसएलसी सकेपछि खोटाङबाट काठमाडौं आएकी सुस्मिताले राजेशपायल राई लगायत धेरै चर्चित कलाकारसँग काम गरेकी थिइन् । शुरुवाती दिनमा दिया मिडियाका पत्रकार दिपक राईले उनको प्रतिभा प्रस्फुटनका लागि साथ दिएका थिए । लोकप्रीय गायिका अञ्जु पन्तले सुस्मिताको प्रतिभाको कदर गर्दै हौसला र प्रोत्साहन गरेकी थिइन् । सुस्मितासँग मेरो अनलाइन टिभीले पनि अन्तरवार्ता गरेको छ भने उनको गीत पालाम ख्याली मेरो अनलाइन टिभीमा अपलोड गरिएको छ ।

प्रतिक्रिया