प्रताप प्रविशाको ‘पिरती रङ्ग’ मा ज्ञानेन्द्र र रेशाको अभिनय

द भोइस अफ नेपालकी कोच प्रविशा अधिकारी र लोकप्रीय गायक प्रताप दासको स्वर रहेको पिरतीको रङ्ग शीर्षक गीतको भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र नेपालमा रहँदा पनि मोडलिङ गर्थे । अष्ट्रेलियामा छायांकन भएको गीतमा ज्ञानेन्द्र थेवे र रेशा सापकोटाको अभिनय रहेको छ । गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डस म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियो निर्देशन जीवन रसाइलीले गरेका छन् । भिडियोमा अष्ट्रेलियाका बिभिन्न स्थानहरुलाई आकर्षक ढङ्गले देखाइएको छ ।

प्रतिक्रिया