द भोइस अफ नेपालबाट उदाएकी गायिका सुदिता राईले नयाँ गीत सार्वजनिक गरेकी छन् । आफ्नै कम्पोजिशनमा सुदिताले गीतको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द प्रविन क्षेत्रीको रहेको छ । सुदिता सेमि क्लासिकल गायिका हुन् तर यस गीतमा फरक प्रयत्न गरेकी छन् । म्युजिक भिडियोमा माल्भीता लोहार,सिदार्थ नागसँगै सुदिताको अभिनय हेर्न सकिन्छ । भिडियोमा जुभिन मित्रको निर्देशन रहेको छ ।
प्रतिक्रिया