गोविन पुनको मर्मस्पर्शी ‘सुन्दर आत्मा’ सार्वजनिक

गायक संगीतकार गोविन पुनको सुन्दर आत्मा गीति कथा सार्वजनिक भएको छ । अनौठो कुरा के छ भने यो पहिलो भागमा गोविनको सुमधुर आवाजमा गीत सुन्न सकिने छैन् । दोस्रो भाग चाहीँ गीतकै रुपमा सार्वजनिक हुने गायक पुनले जानकारी दिए । सुन्दर आत्मामा स्टोरी टेलर साइग्रेसको न्यारेशन छ । प्रमिका गुमाउनुको पीडा सुन्दर आत्मामा कलात्मक र मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ । यस गीति कथामा गोविन्द स्वयमको संगीत,पटकथा लेखन तथा निर्देशन रहेको छ । यसको भाग दुई पनि चाँडै सार्वजनिक हुने जनाइएको छ ।

प्रतिक्रिया