त्रिशलाको ‘डुबे’ सार्वजनिक

गायिका त्रिशला गुरुङको नयाँ गीत डुबे सार्वजनिक भएको छ । शुक्रवार राजधानीको ह्यात प्लेस सोल्टीमोडमा भएको पत्रकार सम्मेलनमार्फत डुबे सार्वजनिक भएको हो । डुबेमा त्रिशलाकै शब्द,संगीत रहेको छ र भने निर्देशन रोहित शाक्यले गरेका छन् । पूर्वको कोशी टप्पु लगायत स्थानमा खिचिएको भिडियोमा त्रिशलासँगै प्रविन राना मगरको अभिनय छ । त्रिशलाको पहिलो अल्वम आजाद भित्र समेटिएको यो पाचौँ गीत हो । आजादमा जम्मा १० वटा गीत समेटिएका छन् । अब बाँकी ५ वटा गीत रिलिज हुनेछन् । कभर गीतहरु गाएर चर्चामा आएकी त्रिशलाले पछिल्लो समय आफ्नै अरिजिनल्स निकालिरहेकी छन् । यो मन गीतबाट गायन शुरु गरेकी त्रिशलाले सोही गीतबाट २१ औँ इमेज अवार्डमा बेस्ट कम्पोजिशन अफ दि इयर अवार्ड समेत जितेकी थिइन् ।

प्रतिक्रिया