सन्दीप लामिछाने अझै ५ दिन हिराशतमै रहने

नाबालिग बलात्कार आरोपमा हिराशतमा रहेका नेपाली क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिराशतमा राख्न अदालतले अनुमति दिएको छ । यसअघि अदालतले लामिछानेलाई ७ दिन हिराशतमा राख्न अनुमति दिएको थियो । बलात्कार आरोपमा उनीमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले अदालतसमक्ष समय माग गरेको हो । भदौ ५ गते काठमाडौंको होटलमा नाबालिगमाथि जर्वजस्ती करणी गरेको आरोप लागेका सन्दीप असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । सन्दीपका कानुन व्यवसायीले भने ३ दिन मात्र समय थप गर्न माग गरेका थिए ।

प्रतिक्रिया