बालेनको देउसी भैलो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि देउसी भैलो खेलेका छन् । कलाकार हरिवंश आचार्यको निवासमा आज साँझ बालेनले देउसी भैलो खेलेका हुन् । बालेनले देउसी भैलो भट्याउँदै मनोरञ्जन समेत दिलाए । मादल बजाउँदै नाचगान गर्दै रमाइलो गरेका शाहले साथीभाइका लागि के को मेयर भन्दै भट्याए । साथै आफूले साथीकै रेष्टुरेण्ट भत्काएको प्रसंग पनि देउसी भैलो भट्याउने क्रममा निकालेका थिए । कलाकार हरिवंशले देउसी भैलो टोलीलाई नाचेर साथ दिएका थिए भने निर्देशक प्रदिप भट्टराई लगायत चलचित्र महापुरुषको टिम, रुटिन अफ नेपाल बन्दको टिम पनि देउसी भैलोमा सामेल थियो ।

 

Video Here…

प्रतिक्रिया