गायक प्रताप दास नृत्यमा पनि अब्बल,अशु न्यौपानेको न्यानो साथ

गायक प्रताप दास नृत्य पनि निक्कै अब्बल देखिएका छन् । पछिल्लो समय उनी आफैले गाएको मेरो मनको शहर बोलको गीतमा प्रतापले आफ्नो नृत्य कला देखाएका छन् । मोडल अशु न्यौपानेको साथले त झन उनको नृत्य प्रस्तुति उत्कृष्ट बन्यो । यि दुईले अभिनय गरेको पहिलो म्युजिक भिडियो प्यासिफिक प्रोडक्शन्स युट्युव च्यानलमा उपलब्ध छ । गीतमा अर्जुन पोखरेलको शब्द,संगीत र अरेन्जमेन्ट रहेको छ । प्रतापले यसअघि सुजन चापागाईँको बाफ नामक गीतमा पनि शिल्पा थापासँग अभिनय गरेका थिए । गायनमा स्थापित प्रतापले राम्रो स्क्रिप्टमा अफर आए फिल्म खेल्ने मानसिकता पनि बनाएका छन् ।

प्रतिक्रिया