अब नेपाल आउनेछैनन् ४ चर्चित ब्रान्डका यी मोबाइल

असार मसान्तसम्म ७५ हजार माथि मूल्यका मोबाइल नेपाल नभित्रिने भएका छन्।

सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गर्दै करिब ७५ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको हो।
सरकारले ६०० डलरमाथि मूल्यका मोबाइल आयात बन्द गरेको हो। योसँगै एप्पल आईफोन, सामसङ, एमआई र वानप्लसका केही मोडल बन्द भएका छन्।
आईफोन ११ माथिका सबै सिरिज आयात बन्द हुने भएका छन्। आईफोन एसई, आईफोन ११, आईफोन १२ र आइफोन १३ का सबै सिरिजको आयात बन्द हुने भएको छ।
सामसङको ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी जेट फ्लिप र जेट फोल्डका मोबाइल आयात बन्द हुने भएको छ।

एमआईका १२ का सिरिज पनि नेपाल भित्रिन नपाउने भएका छन्। वान प्लासको ८टी, वानप्लस ९ र वानप्लस १० का सबै सिरिज चालू आर्थिक वर्षसम्म नभित्रिने भएका छन्।

सरकारले महंगा मोबाइलको आयात बन्द गरेसँगै चोरीमा मोबाइल भित्रिनसक्ने व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

‘नेपालमा सस्ता र मध्यम खालका मोबाइलको मार्केट नै धेरै रहेको छ’, मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘महंगा मोबाइल आयात बन्द हुँदा बजारमा धेरै असर पर्दैन।’

मोबाइल व्यवसायीले नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू नगर्दा अवैध मोबाइलको आयात झन् बढ्ने बताउँदै आएका छन्।

प्रतिक्रिया