ताप्लेजुङमा खगेन सिं हाङ्गामको उम्मेदवारीले तरङ्ग

मंसिर ४ नजिकिँदै गर्दा सुदुर पूर्वको ताप्लेजुङ जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको चुनावमा यसपाली नयाँ पुस्ताका केही नेताहरुको उम्मेदवारीले तरङ्ग उत्पन्न गरेको छ । खासगरी ताप्लेजुङ्गको प्रदेश ख मा खगेन सिं हाङ्गामको उम्मेदवारीलाई नयाँ पुस्ताको प्रतिनिधित्वको रुपमा गठबन्धनले चर्चा गर्दै भोट मागिरहेको छ । पहिलोपटक प्रदेश सांसदको रुपमा लड्दै गरेका हाङ्गामको प्रतिस्पर्धा एमालेका गोपाल थोप्रासँग हुनेछ । थोप्रा भन्दा उमेरमा निक्कै जुनियर हाङ्गामले युवा पुस्ताप्रति आकर्षीत मत र गठबन्धनको मतले पल्ला भारी बनाउने योजना बनाएका छन् । ताप्लेजुङ्गमा संघीय चुनावका लागि भने एमालेका योगेश भट्टराई,गठबन्धनका तर्फबाट खेलप्रसाद बुढा क्षेत्री (पराग) र जसपाका तर्फबाट चन्द्र मादेन प्रतिस्पर्धामा छन् ।

https://www.facebook.com/khagensing2079/videos/616607650148454

https://www.facebook.com/khagensing2079/videos/616607650148454

प्रतिक्रिया