बेलायतबाट संगीतमा मास्टर्स डिग्री गरेका गायक विसी राई र संगीतकार, शब्दकार दिनेश काजी वान्तवाको स्वरसंगीत एल्वम सार्वजनिक भएको छ । राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा सोमवार एल्वम सार्वजनिक गरिएको हो । धिरेन शाक्य,दयाहाङ राई, मिलन चाम्स, वसन्त सापकोटा,शुभ मुकारुङ लगायत कलाकार,सर्जकहरुको उपस्थितिमा एल्वम विमोचन गरिएको थियो । कार्यक्रममा सोही एल्वममा समावेश भएको मौरी है बस्यो बोलको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । उक्त म्युजिक भिडियोमा अनुशा राई र कमल सिं को अभिनय, किरण चाम्लीङको निर्देशन तथा भूपेन्द्र तुम्बाहाङ्फेको छायांकन रहेको छ । संगीतमा सहकार्य गरेको २३ वर्ष पुगेको अवसरमा एल्वम सार्वजनिक गरिएको विसी र दिनेश बताउँछन् । साइनोमा मामा भान्जा विसी र दिनेशको सहकार्यमा धेरै गीत बनेका छन् । विसीको यसअघि बहिनी त्यसो नभन,स्वाँक्क स्वाँक्क रुन्छ यो मन बोलको गीत चर्चित थियो । बेलायतमा स्थायी बसोबास गर्दै आएका विसीका अन्य दर्जनौं गीत दर्शकले रुचाएका छन् ।
प्रतिक्रिया