ताप्लेजुङ्गमा १ लाख ५१ हजार राशीको सिरिजङ्गा कप आयोजना हुँदै

तेअङसी सिरिजङ्गा सिङ थेवेको ३१८ जन्म जयन्तीको अवसरमा ताप्लेजुङ्ग सिरिजङ्गा गाउँपालिका -४ तेल्लोकमा सिरिजङ्गा मेला साथै सिरिजङ्गा कपको दोस्रो संस्करण आयोजना हुने भएको छ ।

तेल्लोक स्पोर्टिङ क्लव र तेअङसि सिरिजङ्गा स्मृति प्रतिष्ठानको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगिता मंसिर २५ देखि २९ गते सम्म तेल्लोक माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने क्लवका अध्यक्ष अजुर्न भट्टराईले बताए ।

खुल्ला फुटबल खेल प्रतियोगितामा बिजयी हुने टिमलाई रनिङ ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु १ लाख ५१ हजार रुपेयाँ, उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु ८१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याच साथै खेलभरबाट चार विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

फुटबल प्रतियोगितामा जम्मा १० टिमलाई मात्र सहभागि गराईने छ । सहभागी फुटबल क्लवहरुले मंसिर १० गतेभित्र प्रक्रिया मा आई सक्नु पर्नेछ भने विस्तृत खेलको तालिका भने मंसिर १५ गते सार्वजनिक गरिनेछ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा प्रस्तुती रहने छ भने स्थानीय स्तरमा उत्पादित बस्तुहरुको स्टल राखिने र स्थानीय कला संस्कृतिको प्रदर्शनी गरिने क्लबका सचीव रन्जित माबोले बताए ।

प्रतिक्रिया