रुक्शाना र राशीको भुइसोरी ढोगे सार्वजनिक

बाल गायिका रुक्शाना लिम्बूको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । भुइसोरी ढोगे है सोल्टी बोलको गीत सृजना निङ्लेकु युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रुक्शानाको आवाजमा रहेको यो गीत चाइल्ड भर्सन हो । म्युजिक भिडियोमा रुक्शानासँगै राशी लिम्बूको पनि अभिनय छ । राशी कलाकार,युट्युवर सृजना निङ्लेकुकी छोरी हुन् । सञ्जिव पारदर्शीको शब्द रहेको गीतमा संगीत डिआर अटुको रहेको छ भने संगीत संयोजन राजु कार्कीले गरेका छन् । भिडियो थैली इन्टरटेनमेन्टले निमार्ण गरेको हो ।

प्रतिक्रिया