नेपालले टनकपुर सबस्टेसनबाट विद्युत् आयात गर्न पाउने

नेपाले टनकपुर सबस्टेसनबाट समेत विद्युत् आयात गर्न पाउने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका अनुसार टनकपुर सबस्टेसनबाट नेपालले ६० मेगावाट विद्युत् आयात गर्न पाउने भएको हो।
नेपालले अहिलेसम्म ढल्केबर सबस्टेसनबाट ४ सय ५० मेगावाट आयात गर्दै आएको थियो।

अहिले नेपालको विद्युत् उत्पादनको अफसिजनमा थप ६० मेगावाट आयात गर्न पाउनुले राहत भएको उनले जानकारी दिए।

उनले भने, ‘मंगलबार भारतले टनकपुरबाट आयात गर्न दिने निर्णय गरेको छ। जसअनुसार अब नेपालले ५ सय मेगावाट आयात गर्न पाउनेछ।’

प्रतिक्रिया